Pages

Saturday, June 27, 2009

शुभकामना

सफलताको सौगात स्वरुप के दिउ उपहार तिमीलाई
रित्त छन बेशाहारा यी हातहरु
अझै सफलताको शिखर चुम्न सकुन
हिर्दय देखिको शुभकामना तिमीलाई !

वसन्त ऋतु भैइ छाईदिएको भए यो जीवन
सुन्दर फुलका गुच्छाहारुले उपहार स्वरुप पहिरयाउथे तिमीलाई
शुखी र धनी जीवन भैइ दिएको भए यो जीवन
महुमुल्य धातुको हारहरुले उपहार स्वरुप सजाउथे तिमीलाई !!

शिरिस यामको तुशारोमा रुमालिएको यो जीवनले
कसरी दिउ वसन्त ऋतुको बहार तिमीलाई
दुखी र गरीबिले पिल्सिएको यो जीवनले
कसरी दिउ बहुमुल्य धातुको उपहार तिमीलाई
गरीब र दु:खीको साथ लियो के दिउ उपहार तिमीलाई !!!

No comments:

Post a Comment