Pages

Tuesday, June 23, 2009

अपहरण पछी बलात्कार अनी हत्या


ख्यातिको हत्यारा उनकै शिक्षक
इश्वरराज ढकाल, (काठमाडौं) (बलात्कारपछि हत्या गरेको बयान) अपहरण हुनुभन्दा चार दिनअघि घरमा बोलाएर छोरीलाई पाइलट कोर्स पढाउने जिम्मेवारी दिइएका शिक्षकले छोरीको बलात्कारपछि हत्या गर्छ भन्ने कसले पो सोचेको हुन्छ र ? तर, भइदियो त्यही।

एउटा अकल्पनीय क्रूर र अमानवीय घटना। जहाँ छोरी समान व्यवहार गर्नुपर्ने शिक्षक वीरेन श्रेष्ठले एक युवतीको सहयोगमा आफ्नै चेलीलाई अपहरण गरेकै दिन बलात्कारपछि हत्या गरिदिए। तीन वर्षघि एक्ली छोरीलाई काठमाडौंमा पढाउन ल्याउँदा बालाजुस्थित वीरेनकै घरमा डेरा बसेपछि ख्याति श्रेष्ठको परिवारसँग ती शिक्षकको राम्रो सम्बन्ध भएको थियो।

विगत १४ वर्षेखि ललितपुरको मानभवनस्थित आदर्श विद्यामन्दिरमा पढाउँदै आएका र ख्यातिलाई समेत कहिलेकाहीँ पढाउने गरेका वीरेनले काठमाडौंनिवासी मेरिना शाक्यको सहयोगमा गत जेठ २२ गते ख्यातिलाई अपहरण गरेका थिए।

भ्वाउ म्यागाजिनले रोजगारीका लागि कलेजभरिमै उत्कृष्ट छनोट गरेको जानकारी दिँदै मेरिना शाक्यले २२ गते बिहान ८ बजे कामपा- १६ खुसिबुस्थित वीरेनको डेरामा लगेकी थिइन्। ९३३२ नम्बरको बजाज मोटरसाइकलमा सवार वीरेनले मेरिनालाई ख्यातिलाई कोठासम्म पुर्याउन टयाक्सी भाडाबापत ५ सय रुपियाँ दिएका थिए।

मेरिनाले पहिलोपटक चिनेकी ख्यातिलाई वीरेनको डेरामा पुर्याएपछि दुवै जनाले ख्यातिलाई सोधपुछ गरेका थिए। वीरेनको कोठामा पुग्नेबित्तिकै ख्यातिले ‘ए, तपाईं पो हुनुहुँदोरहेछ भनेर सोधेकी थिइन्’ -प्रहरीले तयार गरेको बयानमा भनिएको छ। अपहरण गरी १० लाख रुपियाँ फिरौती माग्ने योजना बनाएका दार्जीलिङनिवासी वीरेनले मुखमा माक्स लगाएर सोही दिन हत्या गरेको बयानमा उल्लेख छ।

दार्जीलिङस्थित सेन्ट जोसेफ कलेजबाट बीएस्सी पूरा गरेका श्रेष्ठ बायोलोजी शिक्षक हुन्। श्रीमती क्यानडा गएपछि वीरेनले ख्यातिलाई उतै पठाउने प्रलोभन दिएका थिए। पारिवारिकजस्तै भएका वीरेनले ख्यातिको बलात्कारपछि हत्या गरेलगत्तै परिवारसँग १० लाख रुपियाँ फिरौती माग गरेका थिए।

‘छोरीको ज्यान बचाउनुछ भने १० लाख रुपियाँ दिनुहोस् भन्दै कहिले हिन्दी, कहिले अंग्रेजी भाषामा कुरा गरेका थिए’ ख्यातिका परिवारले भने। छोरी फिर्ता आउने आशामा ख्यातिकी आमा राधा र घरमा काम गर्ने केटो ३ लाख रुपियाँ फिरौती बुझाउन काँकडभिट्टा पुगेका थिए।

‘काँकडभिट्टा बोलाएका वीरेनले सिलिगुडीमा रकम बुझेपछि काम गर्ने केटोलाई नै बन्धक बनाउन लागेका थिए’, ख्यातिका परिवारले भने’ -हत्या गरेपछि विभिन्न ठाउँमा पुगेका वीरेनले आफैले हत्या गरेको स्वीकार गरेका छन्।

‘हत्याको प्रवृत्ति हेर्दा उनको डेरामा अन्य कोही आएजस्तो देखिँदैन’, महानगरीय प्रहरी आयुक्त भरत जीसीले भन्नुभयो- ‘प्रारम्भिक अनुसन्धान गरेका छौं, थप बयानका आधारमा अन्य विषय खुल्नेछ।’ हत्या गर्ने योजनाकारमध्ये मेरिना यसपालि एसएलसी दिई कोरोना इन्टरनेसनल एजुकेसनमा ब्रिजकोर्सर्र्पढ्दै छिन्।

अत्यन्तै क्रूर अमानवीय घटना भएको बताउँदै प्रहरी आयुक्त जिसीले यस विषयमा अनुसन्धान बाँकी रहेको बताउनुभयो। एक्ली छोरीको अपहरणपछि हत्याको घटनाले घट्टेकुलो बस्दै आएका बुबा गोपाल र आमा राधा बेहोस अवस्थामा छन्। ती दुवै जना छिनछिनमा छोरीको नाम लिन्छन् र घटना सम्झँदा बेहोस भइहाल्छन्।

छोरी पढाउनका लागि मात्र राजधानी आएका ख्यातिका बुबाआमाले घटनाको दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। शवको पहिचान नभएको भन्दै परिवारले हिजो सोमबार पोस्टमार्टम गर्न मानेनन्। शरीरका सबै अंग प्राप्त नभई पोस्टमार्टम नगर्ने जनाएपछि ख्यातिको शव शिक्षण अस्पतालमै राखिएको छ।

(हातखुट्टा फेला)
यसैबीच ललितपुरको बुङमतीमा गिँड मात्र भेटिएको ख्यातिको छिनालिएको हात र खुट्टा बेवारिसे अवस्थामा भरतपुर अस्पतालमा फेला परेको छ। चार-चार टुक्रा बनाएर चितवन-मुग्लिन खण्डको दासढुंगानजिक आठ फिट तल बेवारिसे अवस्थामा फालिएको ख्यातिको हातखुट्टा जेठ ३० गते फेला पारी भरतपुर अस्पतालमा लगिएको थियो।

चितवन संवाददाता एकल सिलवालका अनुसार हातको पातो र घुँडामुनिको भागलाई आठ टुक्रा पारी कार्टुनभित्र राखेर फालिएको अवस्थामा फेला परेको हो। अभियुक्त वीरेन श्रेष्ठको बयानका आधारमा चितवन प्रहरीले गिँडिएको हात र खुट्टा पहिचान गरेको थियो। उनले मुग्लिन सडकखण्डमा हातखुट्टा फालेको जनाएपछि बेवारिसे अवस्थामा अस्पतालमा राखिएको हातखुट्टालाई हिजो सोमबार त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

No comments:

Post a Comment